असार १ काठमाडौं ।
मानसरोवर–कैलास जान लागेका पर्यटकले रसुवागडी नाका चहलपहल बढेको छ ।
रसुवागढी नाका छोटो, सहज र सुविधाजनक हुनेहुँदा विदेशी तथा नेपाली यात्रुको चाप बढ्दा नेपाल–चीन सीमा रसुवागढी नाकामा भीडभाड हुन थालेको छ ।
अध्यागमन कार्यालय रसुवागढीका प्रमुख यादव भण्डारीका अनुसार सन् २०२६ को जनवरीदेखि जुन १४ तारिखसम्म रसुवागढी नाकाबाट १७ हजार २४१ जना यात्रु चीनतर्फ प्रस्थान गरेको जनाएका छन् ।
प्रस्थान गर्ने यात्रुहरूमा भारत, नेपाल, अमेरिका, रूस, अष्ट्रेलिया, भुटान, संयुक्त अधिराज्य (युके), मलेसिया तथा जर्मनीका नागरिक रहेको जनाएका छन् ।
कार्यालयका अनुसार चीन प्रवेश गरेका यात्रुमध्ये अधिकांश मानसरोवर कैलास पुग्ने गरेको बताइएको छ ।
गत मार्च महिनासम्म ८१२ जना यात्रु रसुवागढी पुगेका थिए भने अप्रिल १४ सम्म बढेर १४ हजार २४० पुगेको र यस वर्षको जनवरी देखि जुन १४ सम्मको विवरण हेर्दा हालसम्म १७ हजार २४१ यात्रु चीनतर्फ प्रस्थान गरिसकेका अध्यागमन कार्यालयले जनाएको छ ।
काठमाडौँ विमानस्थल देखि टिमुरेको घट्टेखोला क्षेत्रसम्म मानसरोवर कैलासका केही यात्रुले हेलिकोप्टर सेवा प्रयोग गर्ने गरेको टिमुरे हेलिप्याडका व्यवस्थापक सोनाम वाङ्दी तामाङले जानकारी दिएका छन् ।
काठमाडौँ बाट बसमार्फत करिब १० घण्टामा रसुवागढी पुग्न सकिने तथा हेलिकोप्टर मार्फत करिब आधा घण्टामै पुग्न सकिने भएकाले यात्रुहरूले यस मार्गलाई प्राथमिकता दिन थालेको जनाएका छन् ।
