अबदेखि नेपालीलाई श्रीलंकाले निःशुल्क पर्यटक भिसा दिने

जेठ २१ काठमाडौं ।

अब देखि नेपालीलाई श्रीलंकाले निःशुल्क पर्यटक भिसा दिने भएको छ।

श्रीलंकाले नेपाल सहित ४० देशका नागरिकका लागि निःशुल्क पर्यटक भिसा (इलेक्ट्रोनिक ट्राभल अथोराइजेसन–इटिए) सुविधा लागु गरेको छ।

काठमाडौंस्थित श्रीलंकाली दूतावासले जारी गरेको सूचना अनुसार, पर्यटन प्रयोजनका लागि श्रीलंका जाने नेपाली नागरिकले ३० दिन अवधिको डबल इन्ट्री पर्यटक भिसा निःशुल्क प्राप्त गर्न सक्ने जनाएको छ।

यो व्यवस्था २०२६ मे २५ देखि लागु भएको जनाएको छ। भने दूतावासले यात्रुहरूलाई श्रीलंका पुग्नु अघि नै आधिकारिक वेबसाइटमार्फत इटिए लिन आग्रह गरेको छ।

आवश्यक परे काठमाडौंस्थित श्रीलंकाली दूतावाससँग पनि सम्पर्क गर्न सकिने सूचनामा उल्लेख गरेको छ।

दूतावासले श्रीलंका जानका लागि थप जानकारी तथा सहजीकरणका लागि आफूहरू उपलब्ध रहने जनाएको छ।

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *