चैत २८ काठमाडौं।
आज अमेरिका र इरान बीच इस्लामावादमा वार्ता हुँदै छ।
पाकिस्ताको मध्यस्थतामा राजधानी इस्लामावादमा दुई देश बीच वार्ता हुन लागेको जनाएको छ।
पाकिस्तानी अखबार द डनलको अनुसार वार्ताको लागि तेहरानको टोली इस्लामावाद आइपुगेको पुष्टि गरेको छ।
इरान बाट सभामुख मोहम्मद बाघे गालिबाफ, विदेशमन्त्री अब्बास अरागचसिहितको टोली इस्लामावाद पुगेको जनाएको हो।
दुइ देश बीचको वार्ता हुने भए पछि इस्लामावादमा सुरक्षा व्यवस्था कडा पारिएको जनाएको छ।
अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सको अनुसार उनीहरूलाई पाकिस्तानी सेना प्रमुख असिम मुनिरले स्वागत गरेको उल्लेख गरेको छ।
इरानी प्रतिनिधिमण्डलमा आर्थिक, सुरक्षा, कूटनीतिक तथा प्राविधिक विशेषज्ञहरू, सञ्चारकर्मी र सहयोगी कर्मचारीहरूसहित करिब ७० जना सदस्य रहेको रोयटर्सले जनाएको छ।
अमेरिकी प्रतिनिधिमण्डल भने अझै बाटोमै रहेकोले इस्लामावाद नआइपुगेको रोयटर्सले जनाएको छ।
अमेरिकी प्रतिनिधिमण्डलको नेतृत्व उपराष्ट्रपति जेडी भान्सले गर्ने र टोलीमा राष्ट्रपति डोनाल्ड ट्रम्पका मध्यपूर्व हेर्ने विशेष दूत स्टिभ विटकोफ र ज्वाइँ ज्यारेड कुश्नर सहभागी हुने अनुमान गरिएको जनाएको छ।
इरानतर्फ बाट भने वार्ता अघि नै कडा सर्तहरू अघि सारेको छ। सभामुख गालिबाफले अमेरिकाले पहिले गरेको इरानी सम्पत्ति फुकुवा गर्ने र लेबननमा युद्धविराम सुनिश्चित गर्ने प्रतिबद्धता कार्यान्वयन नभएसम्म औपचारिक वार्ता सुरु नहुने बताएका छन्।