चैत १७ काठमाडौं।
इरानले हर्मुज जलमार्ग बाट आवतजावत गर्ने जहाजहरु बाट शुल्क उठाउने भएको छ।
इरानको संसदीय समितिले हर्मुज जलमार्ग बाट आवतजावत गर्ने जहाजहरू बाट टोल शुल्क असुल गर्ने योजना स्वीकृत गरेको हो।
यो योजनालाई इस्लामिक रिभोलुसनरी गार्ड कप्र्स (आइआरजिसी) निकट फार्स न्युज एजेन्सीका अनुसार राष्ट्रिय सुरक्षा आयोगका एक सदस्यले उक्त प्रस्ताव अनुमोदन भएको पुष्टि गरेका छन्।
प्रस्ताव अनुसार अमेरिकी र इसराइली जहाजहरूलाई सो जलमार्ग प्रयोग गर्न पूर्ण रूपमा रोक लगाइने जनाएको छ।
इरानमाथि प्रतिबन्ध लगाउने अन्य देशका जहाजहरूलाई पनि आवतजावतमा प्रतिबन्ध लगाउने तयारी गरिएको जनाएको छ।
इरान र ओमानको बीचमा पर्ने भएकाले यो नीति कार्यान्वयनका लागि इरानले ओमानसँग मिलेर काम गर्ने बताइएको छ।
निर्णय बारे एएफपीका अनुसार हर्मुजमा टोल प्रणाली बारे इरानी सरकारी टेलिभिजन मार्फत जानकारी दिइएको छ। भने
हर्मुज बाट विश्वको २० प्रतिशतभन्दा बढी कच्चा तेल पैठारी हुने गरेको जनाएको छ।
फेब्रुअरी २८ मा अमेरिका र इसराइलले संयुक्त रूपमा हमला गरेपछि इरानले यो जलमार्ग बन्द गरेको छ। संवादपश्चात इरानले केही देशका जहाजहरू छाड्दै आइरहेको थियो।
युद्धयता यो जलमार्ग जहाजको आवतजावत ९५ प्रतिशतले घटेको समुद्री विश्लेषण कम्पनी केप्लरले जनाएको छ।