लमजुङ जिल्लामा उत्पादित अलैँची बाट २४ करोड बढी आम्दानी

माघ १४ काठमाडौं।
लमजुङ जिल्लामा उत्पादित अलैँची बाट २४ करोड बढी आम्दानी भएको छ।

यस बर्ष लमजुङ जिल्लामा अलैँचीका दाना बिक्री गरी रु २४ करोड ३० लाख बराबरको आम्दानी भित्रिएको जनाएको छन्।

जिल्लमा उत्पादित १३५ मेट्रिकटन अलैँची बिक्री बाट रु. २४ करोड ३० लाख बराबरको आम्दानी भएको राष्ट्रिय कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ लमजुङका कृषि अधिकृत हरिबहादुर मिजारले बताएका छन्।

यस वर्ष अलैँची प्रतिकिलो रु.१ हजार ८०० देखि रु.२ हजार ५०० सम्ममा बिक्री भएको मिजारले बताएका छन्।

गत वर्ष २०८१, ८२ मा उत्पादित १५० मेट्रिकटन अलैँचीका दाना बिक्री बाट रु.२२ करोड आम्दानी भएकोमा थियो।

यस वर्ष छिमेकी मुलुक भारतमा पनि अलैँची उत्पादनमा कमी आएकाले माग उच्च हुँदा लमजुङका किसानले राम्रो मूल्य पाएको परियोजनाका कृषि अधिकृत मिजारले बताएका छन्।

जिल्लामा ७५० हेक्टर क्षेत्रफलमा अलैँचीखेती हुँदै आए पनि ३७५ हेक्टर क्षेत्रफलमा मात्रै अलैँची उत्पादन हुँदै आएको जनाएको छ।

राष्ट्रिय कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ लमजुङले अलैँची जोन पकेट क्षेत्रका रूपमा मस्र्याङ्दी गाउँपालिका, बेँसीसहर नगरपालिका, क्होँलासोथर गाउँपालिका, दूधपोखरी गाउँपालिका र दोर्दी गाउँपालिका लाई घोषणा गरिसकेको छ।

यस वर्ष सबैभन्दा बढी मस्र्याङ्दी गाउँपालिकाका किसानले अलैँचीको दाना बिक्री बाट आम्दानी गरेका नेपाल अलैँची व्यवसायी महासङ्घ लमजुङका अध्यक्ष सोमबहादुर तामाङले बताएका छन्।

विसं २०४१ देखि अलैँची खेती विस्तार हुँदै आएको जिल्लामा ७०० मिटर देखि १ हजार २०० मिटर उचाइमा साउन्ने, जिर्मले र डम्बर शाही, १ हजार २०० मिटरदेखि १६ मिटर उचाइमा गोलशाही र १ हजार ६०० देखि २ हजार २०० मिटर उचाइमा रामशाही र भलाङे जातका अलैँचीका बिरुवा लगाइएको जनाएका छन्।

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *