निर्वाचन आयोगले प्रतिनिधि सभा निर्वाचन उम्मेदवारको नामावली प्रकाशन गर्दै

माघ ८ काठमाडौं।
आज निर्वाचन आयोगले प्रतिनिधि सभा निर्वाचन उम्मेदवारको नामावली प्रकाशन गर्दै छ।

माघ ६ गते मनोनयन दर्ता गरेका उम्मेदवारहरुको नामावली आज प्रकाशन गर्न लागिएको निर्वाचन आयोगले जनाएको छ।

निर्वाचन कार्यातालिका अनुसार मनोनय दर्ता भएपछि आयोगले बुधबार उम्मेदवारविरुद्ध उजुरी लिएको थियो। भने बुधबार साँझ नै दर्ता भएका उजुरीबारे जाँचबुझ गर्ने काम भइसकेकोले आज नामावली प्रकाशन गर्ने तयारी गरेका आयोगले जनाएको छ।

आयोगको कार्यतालिका अनुसार आज बेलुकी ५ बजेदेखि ७ बजेसम्म उम्मेदवारको नामावली प्रकाशन गरिने जनाएको छ।

त्यस्तै, माघ ९ गते शुक्रबार बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिने समय तोकिएको जनाएको छ।

माघ ९ गते नै दिउँसो १ बजेदेखि ३ बजेसम्ममा उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिने र दिउँसो ४ बजेदेखि साँझ ७ बजेसम्ममा उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने कार्यक्रम रहेको आयोगले जनाइएको छ।

आयोगमा अहिलेसम्म प्राप्त जानकारी अनुसार पुरुष ३०८९, महिला ३९६ र तेस्रो लिङ्गी एक गरी ३ हजार ४८६ को उम्मेदवारी दर्ता भएको जनाएको छ।

 

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *