पुस २२ काठमाडौं।
वीरगञ्जमा साँझ ६ बजेसम्मका लागि कफ्र्यु लाग्ने भएको छ।
धनुषाको कमला नगरपालिका–६, सखुवा मडानस्थित मुस्लिम टोलको मस्जिदमा शनिबार अज्ञात समूहले तोडफोड गर्नुको साथै मुस्लिम धर्मावलम्बीको धार्मिक ग्रन्थ कुरान जलाएको घटना भड्कीए पछि तनाब बढेको हो।
वीरगञ्जमा भड्कीएको तनाब पछि सोमबार लगाइएको कफ्र्युको अवधि मंगलबार दिउँसोसम्म बढाइएको छ।
कार्यालयले विरगंज महानगरपारिका क्षेत्र भित्र पूर्वमा बसपार्क, नगवा, ईनर्वा, पश्चिममा सिर्सिया नदी, उत्तरमा गण्डक चौर र दक्षिणमा शंकराचार्य गेटसम्म कफ्र्यु लगाएको छ।
‘तोकिएको चार किल्लाभित्र कसैलाई पनि आवतजावत, भेला, जुलुस, प्रदर्शन गर्न वा घेराउ गर्न पूर्ण रुपमा निषेध गरिको छ।
कफ्र्यू अवधिमा सुरक्षाकर्मीले देख्ने बित्तिकै गोली चलाउन सक्ने भएकाले अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन सर्वसाधारणलाई अनुरोध गरिएको छ।
घर बाहिर ननिस्कन र निस्कन परेमा नजिकको सुरक्षाकर्मीसँग समन्वय गरी वा १०० नं. मा फोन गरी बाहिर निस्कन हुन अनुरोध गरेको छ।
आदेश अवधिभर एम्बुलेन्स, दमकल, शव वाहन, स्वास्थ्यकर्मीका सवारी साधनहरु, सञ्चारकर्मीहरु, पर्यटकका सवारी साधनहरु, मानवअधिकार तथा कूटनीतिक नियोगका सवारी साधनहरू र हवाई टिकट भएका यात्रुहरूको आवागमनमा सहजीकरण गरिने प्रशासनले जनाएको छ।