प्रधानमन्त्री सुशीला कार्कीसँग चिनियाँ राजदूत सोङको भेट

पुस २ काठमाडौं ।
प्रधानमन्त्री सुशीला कार्कीसँग चिनियाँ राजदूत सोङको भेट भएको छ।

आज सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा नेपालका लागि चीनका राजदूत चेन सोङले अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीसँग शिष्टाचार भेट गरेका हुन्।

भेटका क्रममा दुवै पक्षले नेपाल–चीनबीचको मैत्रीपूर्ण सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा छलफल गरेको जनाएको छ।

भेटले दूई छिमेकी राष्ट्रबीचको द्विपक्षीय सम्बन्धलाई थप मजबुत बनाउनुको साथै नेपालको विकास र समृद्धिमा चीनको निरन्तर सहयोग रहेने प्रतिबद्धता व्यक्त गरेको जनाएका छन्।

राजदूत चेन सोङले दुई देशबीचको ऐतिहासिक सम्बन्धलाई नयाँ उचाइमा पु¥याउने बताएका छन्।

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *