धादिङको मलेखुमा विद्युत् सबस्टेसन निर्माण

मंसिर २६ काठमाडौँ।

धादिङको मलेखुमा विद्युत् सबस्टेसन निर्माण भएको छ।

धादिङको मलेखुमा निर्माण भएको विद्युत् सबस्टेसनको क्षमता १३२ केभी रहेको छ।

धादिङको विभिन्न जिल्लामा विद्युत् पुगे ता पनि राम्रो सँग नबल्ने बत्ती जाने भएकाले समस्यामा रहेको स्थानीयका लागी लगानी बोर्डको संयोजनमा धादिङमा स्थापना भएको चिनियाँ लगानीको सिमेन्ट उद्योग हुवासिन सिमेन्टले पनि सरकारले सडक तथा विद्युत् उपलब्ध गराउने शर्तमा लगानी गर्ने निर्णय गरेको थियो।

अहिले उद्योग आफैँले निर्माण गरेको सबस्टेसनका कारण जिल्लामा थप सहज भएको जनाएको छ।

मलेखु सबस्टेसनका कारण धादिङमा सहज रूपमा विद्युत् प्रवाहका अलावा अन्य प्रत्यक्ष फाइदा भएको हुवासिन नारायणी सिमेन्ट उद्योगका उपमहाप्रबन्धक डिल्लीराज पोखरेलले जानकारी दिएका छन्।

मलेखु सबस्टेसनका इञ्चार्ज विश्वजीत यादवका अनुसार विगतमा सल्यानटारबाट धादिङबेँसी, आसपासका क्षेत्रमा बिजुली प्रवाह हुने र अन्य कुनै विकल्प नभएका कारण यो सबस्टेसनको निर्माणपछि बिजुली कम हुने बित्तिकै सहज प्रवाह हुने गरेको जनाएका छन्।

यस बाट धादिङबेँसी र अन्य क्षेत्रमा विद्युत्को गुणस्तर तथा भोल्टेजको समस्यामा ठूलो सुधार आएको जानकारी दिएका छन्।

मलेखु सबस्टेसनका कारण राजमार्गका अलावा धादिङका धेरै स्थानमा सहज बिजुली आप्रवाह भएको जनाएको छ।

प्राधिकरणले लामो समयदेखि जिल्लाभरको गुनासो सम्बोधनका लागि सोही सबस्टेसन बाट जिल्लाभरको विद्युत् वितरण प्रणाली सुदृढीकरण गरेको जनाएको छ।

केही महिनाभित्र नै सोही सबस्टेसनबाट नै जिल्लाभर भरपर्दो विद्युत् वितरण गर्ने तयारी भइरहेको धादिङ वितरण केन्द्रले जनाएको छ।

हाल सो वितरण केन्द्र मातहत ६६ हजार १८० ग्राहक छन्। भने रु. १ अर्ब ५० करोडको लगानीमा स्थापना गरेको उक्त सबस्टेसनले धादिङ जिल्लामा औद्योगिकीकरणको बाटो पनि खुलेको जनाएको छ।

 

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *