सरकारले आह्वान गर्यो निर्वाचन तयारीबारे छलफल गर्न सर्वपक्षीय बैठक

मंसिर १८ काठमाडौं ।
सरकारले आगामी फागुन २१ गते हुने निर्वाचनका लागि सर्वपक्षीय बैठकको आह्वान गरेको छ।

२१ फागुनमा तय भएको प्रतिनिधिसभा सदस्यको निर्वाचनको तयारी बारे छलफल गर्न सर्वपक्षीय बैठक आह्वान गरेको हो।

बैठक प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा दिउँसो ४ बजे बस्ने गरि प्रधानमन्त्री सुशीला कार्कीको पहलमा सरकार प्रमुख, पाँच राजनीतिक दल, निर्वाचन आयोगका आयुक्तहरू र सुरक्षा निकायका प्रमुखसहितको बैठक बस्ने तयारी भएको जनाएको छ।

निर्वाचनका लागि सुरक्षाको वातावरण प्रत्याभूत हुनुपर्ने विषयलाई राजनीतिक दलहरूले प्राथमिकतामा राख्दै आएका छन्।

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *