मंसिर १६ काठमाडौं ।
आज सेयर बजार नेप्से परिसूचक २६४४.७० अंक कायम भएको छ।
आज ४ अर्ब ४८ करोड कारोबार भएको छ।
विकास बैंक ०.१७ प्रतिशत, फाइनान्स ०.२७ प्रतिशत, जलविद्युत् ०.७० प्रतिशत, उत्पादन तथा प्रशोधन ०.५१ प्रतिशत र निर्जीवन बीमा ०.२६ प्रतिशत बढ्यो।
आज सेयर बजार घटे पनि ६ कम्पनीको मूल्य १० प्रतिशत बढेको छ। जसमा सागर डिस्टिलरी, स्वस्तिक लघुवित्त, झापा इनर्जी, माबिलुङ इनर्जी, बुङ्गल हाइड्रोपावर र श्रीनगर एग्रिटेक कम्पनी रहेका छन्।
रसुवागढी हाइड्रोपावरको ८.६१ प्रतिशत, विकास हाइड्रोपावरको ६.४८ प्रतिशत, दरामखोला हाइड्रोपावरको ६.२७ प्रतिशत तथा पिपुल्स हाइड्रोपावरको ६.१८ प्रतिशत मूल्य बढ्यो।
बैंकिङ ०.५८ प्रतिशत, होटल तथा पर्यटन ०.६२ प्रतिशत, लगानी ०.०४ प्रतिश, जीवन बीमा ०.५७ प्रतिशत र माइक्रोफाइनान्स ०.०६ प्रतिशत घट्यो।
त्यस्तै ग्रिन भेन्चर्सको मूल्य सबैभन्दा धेरै ९.८५ प्रतिशत, स्टान्डर्ड चार्टर्ड बैंकको ३.८८ प्रतिशत तथा पोखरा फाइनान्सको २.५० प्रतिशत घटेको छ।