मंसिर १२ काठमाडौं ।
स्वास्थ्य तथा जनसंख्यामन्त्री डा. सुधा शर्मा गौतम र भारती राजदूत नविन श्रीवास्तव बीच भेट भएको छ।
आज दिउँसो मन्त्री गौतम र राजदूत श्रीवास्तव बीच भेट भएको जनाएको हो।
भेटका क्रममा नेपाल र भार दूई देशबीचको ऐतिहासिक र अतुलनीय मित्रता रहेको तथा स्वास्थ्य क्षेत्रमा विद्यमान द्विपक्षीय साझेदारीलाई अझ दिगो बनाउने विषयमा छलफल भएको जनाएको छ।
मन्त्री गौतमले नेपाल–भारतबीचको सम्बन्ध पुरानो रहेको र स्वास्थ्य क्षेत्रमा भारतले गरेको निरन्तर सहयोगप्रति धन्यवाद व्यक्त गरेको छन्।
राजदूत श्रीवास्तवले भारत–नेपाल सम्बन्धको महत्व दोहो¥याउँदै राष्ट्रिय औषधी प्रयोगशालाको स्तरोन्नतीको लागि भवन निर्माण, आवश्यक उपकरण तथा आवस्यक जनशक्तिको तालिममा सहयोग गर्न सकिने विषयमा प्रतिबद्धता व्यक्त गरेको मन्त्रालय स्रोत जनाएको छ।
Post Views: 2