प्रतिनिधि सभा निर्वाचनका लागि दल दर्ता समय थप

मंसिर १० काठमाडौं ।
प्रतिनिधि सभा निर्वाचनका लागि दल दर्ताको समय थपिएको छ।

निर्वाचन आयोगले आज विज्ञप्ति जारी गर्दै मंसिर १० गतेसम्मका लागि तोकिएको दल दर्ताको समय १४ गतेसम्मका लागि थपिएको जनाएको छ।

विज्ञप्ति अनुसार प्रतिनिधि सभा सदस्य निर्वाचन प्रयोजनका लागि राजनीतिक दल दर्ता गर्ने अवधि थप गरिएको हो।

हालसम्म दल दर्ता कायम रहेका दलहरुको जम्म संख्या १३७ पुगेको निर्वाचन आयोगले जनाएको छ। भने दल दर्ताका लागि प्राप्त निवेदनहरू माथिको कारबाही समेत जारी रहेको आयोगले जनाएको छ।

सेवाग्राहीको चाप र विभिन्न राजनीतिक दलहरु लगायतका सरोकारवाला बाट प्राप्त अनुरोधलाई मध्यनजर गर्दै आयोगले मंसिर १० गतेको बैठक बाट प्रतिनिधि सभा सदस्य निर्वाचन प्रयोजनका लागि राजनीतिक दल दर्ता गर्ने अवधि २०८२ मंसिर १४ गतेसम्म थप गरिएको जनाएको छ।

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *