मंसिर ५ काठमाडौं ।
भियतनाममा भारी बाढी र वर्षा भएको छ।
मध्य भियतनाममा आएको वर्षा र बाढीका कारण एक हप्तामा कम्तीमा ४१ जनाको मृत्यु भएको जनाएको छ।
भियतनाममा लगातारको वर्षा र बाढीका कारण कम्तीमा ४१ जनाको मृत्यु ९ जना बेपत्ता भएको जनाएको छ।
भियतनामको सरकारी सञ्चारमाध्यमलाई उद्धृत गर्दै बीबीसीको अनुसार वर्षा र बाढी बाट ५२ हजार भन्दा बढी घर डुवानमा परेको र बेपत्ताहरूको खोजी कार्य जारी भईरहेको जनाएको छ।
समाचार अनुसार पाँच लाख घर र पसलहरूमा बिजुली अवरुद्ध भएको तथा बाढी बाट प्रभावित क्षेत्रबाट हजारौं नागरिकलाई स्थानान्तरण गरिएको जनाएको छ।
पछिल्लो समय भियतनाममा मौसम अत्यन्तै खराब रहेको र कालमेगी, बुआलोई आँधी बाट भियतनाममा ठूलो क्षति पुगेको उल्लेख गरेको छ।
Post Views: 2