मुस्ताङको कोरला नाका हुँदै मानसरोवर जाने मार्ग खुलाउन पहल

कात्तिक २५ काठमाडौं ।
मुस्ताङको कोरला नाका हुँदै मानसरोवर जाने मार्ग खुलाउन पहल गरिएको छ।

कोरला नाका हुँदै कैलाश मानसरोवर जोड्ने धार्मिक, पर्यटकीय मार्ग खुलाउन पहल थालिएको जनाएको छ।

कोरला हुँदै मानसरोवर जोड्ने मार्ग खुलाउने प्रस्ताव लिएर लोमान्थाङ र लोघेकर दामोदर कुण्ड गाउँपालिकाका जनप्रतिनिधिको टोली चीनको ढोङ्वासेनमा पुगेको जनाएको हो।

लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टसीनर्बु गुरुङले गृह मन्त्रालय, अध्यागमन विभागसँग समन्वय गरेर दुईवटा स्थानीय तहका जनप्रतिनिधि तिब्बती जनप्रतिनिधि र अधिकारीहरूसँग छलफलका लागि गत शुक्रबार गएको बताएका हुन्।

कोरलानाका हुँदै गएको टोलीमा लोमान्थाङ गाउँपालिकाका उपाध्यक्ष छ्युमी विष्ट र लोघेकर दामोदरकुण्ड गाउँपालिकाका उपाध्यक्ष छिरिङल्होमो गुरुङसहितका १३ जनप्रतिनिधि सहभागी भएको जनाएका छन्।

कोरला नाका हुँदै कैलाश मानसरोवर, ल्हासा तिब्वत घुम्न जाने र चीनका बौद्ध धर्मावलम्बीहरूलाई कोरलानाका भएर लुम्बिनीमा ल्याउन यो छोटो मार्ग हुने भएकाले पहल सुरु गरिएको अध्यक्ष गुरुङले बताएका छन्।

टसीनर्बु गुरुङका अनुसार कोरलानाका देखि कैलाश मानसरोवर तीन सय किलोमिटर र ल्हासा एक हजार किलोमिटर दूरीमा रहेको बताएका छन्।

हाल भारतीय र नेपाली पर्यटकहरू हुम्ला हुँदै मानसरोवर दर्शनका लागि जाने गरेका छन्। भने पोखरा र काठमाडौँ बाट हवाईमार्ग तथा सडक सञ्जाल बाट सहजै कोरालानाका हुँदै सवारीसाधनको प्रयोग गरी मानसरोवरसम्म जान सकिन्छ।

चीनको तिब्बतमा पर्ने कैलाश मानसरोवर क्षेत्रमा बर्सेनि हजारौँ नेपाली पर्यटकले भ्रमण गर्ने गरेका छन्।

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *