प्रतिनिधिसभा सदस्य निर्वाचन प्रणालीतर्फ बन्द सूची पेश गर्न समय थप्ने तयारी

कात्तिक २४ काठमाडौं।
प्रतिनिधिसभा सदस्य निर्वाचन प्रणालीतर्फ बन्द सूची पेश गर्न समय थप्ने तयारी भएको छ।

निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्यको निर्वाचनमा समानुपातिक प्रणालीतर्फ बन्द सूची पेश गर्न दलहरूलाई दुई दिनको समय थप दिने तयारी गरेको जनाएको छ।

प्रारम्भिक निर्वाचन तालिका अनुसार समानुपातिक प्रणाली तर्फ बन्द सूची पेश गर्ने समय आगामी पुस १८ र १९ गते तोकिएको छ।

तोकिएको समय निर्वाचन आयोगले पछि हेरफेर समेत गर्न सक्ने उल्लेख गरेको छ।

आगामी फागुन २१ गते हुने चुनावमा कतिपय राजनीतिक दलले समानुपातिक तर्फ बाट उम्मेदवार बनाउनेहरूको सूचीमा काम गर्न थालिसकेका छन्।

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *