कोरला भन्सार कार्यालय बाट ३ अर्ब बढी राजस्व संकलन

कात्तिक २१ काठमाडौं।
कोरला भन्सार कार्यालय बाट ३ अर्ब बढी राजस्व संकलन भएको छ।

कोरलास्थित भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा तीन अर्ब दुई करोड ७३ लाख ३८ हजार राजस्व संकलन गरेको जनाएको हो।

तीन महिनाको अवधिमा १ हजार ४९८ वटा विद्युतीय सवारीसाधनका साथै ६७१ वटा मालबाहक कन्टेनर बाट सामान आयात भएको भन्सार कार्यालयका प्रमुख रमेश खड्काले जनाएका छन्।

गत असारमा बाढीपहिरोका कारण तातोपानी र रसुवागढी नाका अवरुद्ध भएपछि कोरलानाका बाट चीनमा अहिले कोरोला नाका बाट आयातनिर्यात जारी राखेको छ।

यो नाका हुँदै २८ वटा मालबाहक सवारीसाधनले स्वदेशी उत्पादन चीनको स्वशासित क्षेत्र सिजाङ पु¥याएको कार्यालयले जनाएको छ।

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *