आर्थिका वर्षमा रारा ताल भ्रमण गर्ने पर्यटकको संख्या बृद्धि

कात्तिक १३ काठमाडौं ।

आर्थिक वर्षमा रारा ताल भ्रमण गर्ने पर्यटकको संख्या बृद्धि भएको छ।

चालु आर्थिक वर्षको असोजसम्म २ हजार ३४७ पर्यटक रारा ताल भ्रमण गरेका छन्।

कर्णाली राजमार्गको सडक स्तरवृद्धि भएसँगै रारा तालमा आन्तरिक पर्यटकको चाप विशेषगरी दसैँ–तिहारको अवसरमा बढेको जनाएका छन्। गत वर्ष रारा तालमा गत आर्थिक वर्षमा १९ हजार १०४ आन्तरिक पर्यटकले भ्रमण गरेका थिए।

रारा राष्ट्रिय निकुञ्ज कार्यालयको अनुसार सार्क मुलुक बाट ७७ जनामध्ये पुरुष ६४ र महिला १३ जनाले भ्रमण गरेको जनाएका छन्। भने तेस्रो मुलुक अर्थात् विदेशी २७६ मध्ये पुरुष १६३ र महिला ११३ पर्यटकले रारा भ्रमण गरेको जनाएका छन्।

चालु आर्थिक वर्ष २०८२, ८३ को असोजसम्म रारा पुग्ने पर्यटकको सङ्ख्या २ हजार ३४७ जनामध्ये पुरुष १ हजार ५८९ र महिला ७५८ जनाले राराको भ्रमण गरेको निकुञ्जका निमित्त कार्यालयले जनाएको छ।

रारा ताल कर्णाली प्रदेशको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकसित हुँदै गएको तथा बागमती, गण्डकी लुम्बनी प्रदेश बाट घुम्न आउनेको सङ्ख्या बढिरहेको जनाएका छन्।

तालमा कस्तुरी, मृग, हाब्रे, हिमचितुवा, कालो भालु लगायत ५१ प्रजातिका स्तनधारी वन्यजन्तुको बासस्थान नै राराको विशेषता रहेको निकुञ्ज कार्यालयले जनाएको छ।

हिमाल, पहाडका दृश्य, कर्णालीवासीको संस्कार, संस्कृति, रीतिरिवाज, प्राकृतिक सुन्दरता हेर्न पर्यटकको आगमन हुने कार्यलयले जनाएको छ।

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *