नेपाली सेनाले बनायो कफ्र्यु र निषेधाज्ञा खुकुलो

भदौ २६ काठमाडौं ।
नेपाली सेनाले कफ्र्यु र निषेधाज्ञा खुकुलो बनाएको छ।

नेपाली सेनाले जारी गरेको सूचना अनुसार आज भदौ २६ गते बिहान १० बजेसम्म कफ्र्यु खुला गरिएको छ। कफ्र्यु खुकुलो भएपछि हिजोको तुलनामा आज बिहान सडक तथा पसलहरुमा चहलपहल बढ्दै गएको छ।

अहिले सवारी साधनहरु, किनमेल गर्ने र अत्यावश्यक कामका लागि बाहिर निस्किनेहरुको संख्या सडकमा बढेको छ।

नेपाली सेनाले जारी गरेको सूचनामा उल्लेख भए अनुसार बिहान १० बजेदेखि बेलुकी ५ बजेसम्म भने फेरि कफ्र्यु लगाइने जनाएको छ।

 

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *