आज राति १० बजेदेखि सेना परिचालन हुँदै

भदौं २४ काठमाडौं ।
आज राति १० बजे देखि सेना परिचालन हुँने भएको छ।

नेपाली सेनाले विज्ञप्ति जारी गर्दै राति १० बजेबाट सक्रिय रुपमा सेना परिचालन हुने जानकारी दिएको छ।

हालको विषम परिस्थितिको अनुचित फाइदा उठाई केही समूहहरूले सर्वसाधारण नागरिक तथा सार्वजनिक सम्पत्ति समेतमा अत्यधिक क्षति पुऱ्याउने, लुटपाट एवं आगजनी गर्ने कार्य भइरहेको हुँदा त्यस किसिमका गतिविधिहरु नगर्नरनगराउन नेपाली सेनाले आग्रह गरेको छ।

जारी विज्ञप्तिमा यस किसिमका गतिविधिहरू नरोकिएको खण्डमा नेपाली सेनालगायत सम्पूर्ण सुरक्षा निकायहरू आफ्नो प्रमुख जिम्मेवारी नेपाल र नेपालीको सुरक्षाको लागि स्थिति नियन्त्रण गर्न मिति २०८२ भाद्र २४ गते रातीको १० बजेबाट दृढ रहने प्रतिबद्धता रहेका जानकारी गराएको छ।

नेपाली सेनाले सम्पूर्ण राष्ट्रबासीलाई सहयोगको लागि हार्दिक समेत अपिल गरेको छ।

 

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *