राष्ट्रपति रामचन्द्र पौडेले आन्दोनकारीलाई वार्तामा आउन गरे आह्वान

भदौ २४ काठमाडौं ।
राष्ट्रपति रामचन्द्र पौडेलले आन्दोलकारीलाई वार्तामा आउन आह्वान गरेको छ।

देशको विषम परिस्थितिको शान्तिपूर्ण समाधानका लागि आन्दोलनकारी नागरिक लगायत सबै पक्षलाई वार्तामा आउन आह्वान गरेका हुन्।

आज राष्ट्रपति कार्यलयले जारी गरेको अपिलमा लोकतन्त्रमा नागरिकले उठाएका मागहरू वार्ता र संवादमार्फत समाधान गर्न सकिने भएकाले संयमता अपनाउन आग्रह गरेका छन्।

राष्ट्रपतिले भनेका छन्, ’प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा स्वीकृत भइसकेको अवस्थामा मुलुक, जनता र लोकतन्त्रलाई माया गर्दै समस्या समाधानका लागि सबै पक्षले सहयोग गर्नुहुनेछ भन्ने विश्वास लिएको बताएका छन्।’

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *