भदौ २४ काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा दिएका छन्।
प्रधानमन्त्री सचिवालयले दिएको जानकारी अनुसार केपी शर्मा ओलीले पदबाट राजीनामा दिएको जनाएका छन्।सोमबार बाट जारी जेनजीहरूको प्रदर्शन उग्र बनेपछि प्रधानमन्त्री ओली राजीनामा दिएका हुन्।
जेनजीहरूको प्रदर्शनका क्रममा सोमबार एकैदिन १९ जना युवाहरूले ज्यान गुमाएका थिए। आज बिहानैदेखि युवाहरूले शीर्ष नेताहरूका घर, पार्टी कार्यालय, सरकारी कार्यालय, प्रहरी भवन लगायत क्षेत्रमा आगजनी गरेका छन्।
Post Views: 10