भदौ ५ काठमाडौं ।
भूमि विधेयक संसदीय समिति बाट पारित भएको छ।
प्रतिनिधि सभा अन्तर्गत कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक बाट विधेयक बहुमतले पारित भएको हो।
विधेयकको छलफल बाट माओवादी र रास्वपा फरक मत राखेर बाहिरिएको छ। फरक मत लेख्नका लागि समय मागेका विपक्षी दलहरुलाई भोली सम्मको लागि समय दिइएको समितिको सचिवालयले जनाकारी दिएको छ।
बहुमतले पारित भएको विधेयकमा फरक मत राख्ने दलले भोली सम्म फरक मतसहित हस्ताक्षर गर्न सक्ने समितिका सचिव शिवदत्त बरालले जनाएका छन्।
Post Views: 13