चीन र अमेरिका बिच तिन महिना सम्म कर नलगाउने सम्झौता

साउन २७ काठमाडौं ।
चीन र अमेरिका बिच तिन महिना सम्म कर नलगाउने सम्झौता भएको छ।

यस अघि चीन र अमेरिका बिच भएको सम्झौता सकिन लागेको बेला दुई देशले फेरि एक अर्कामाथि तिन महिना अर्थात करिब ९० दिन सम्मका लागि कर नलगाउने सहमति गरेको जनाएको छ।

अमेरिकाले विश्वका धेरै देशका सामानहरुमा कर लगाउने घोषणा गरेको थियो। उक्त घोषणमा चीनमाथि पनि उच्च कर लगायो जसको प्रतिक्रियामा चीनले अमेरिकी सामानहरुमा पनि कर बढाएको थियो।

दुईदेशले एकअर्काको सामानमा लागाएको कर स्थगित गर्ने सम्झौता मे महिनामा गरेकाे थियो। उक्त सम्झौता सकिन लागेका बेला अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पुनः समय थप गरेका हुन्।

गत महिना भएको वार्तामा चीन अमेरिका दुवै पक्षले सहमति कायम राख्न प्रयास गर्ने बताएको थियो।

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *