साउन २६ काठमाडौं ।
हालसम्म देशभरि ९१ प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ।
कुल १३ लाख ७८ हजार ९ सय ६६ हेक्टर क्षेत्रफलमध्ये १२ लाख ५४ हजार ८ सय ८६ हेक्टरमा रोपाइँ सम्पन्न भएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ।
प्रतिशतको हिसाबले सबैभन्दा बढी सुदूरश्चिम प्रदेशमा ९९.७२ प्रतिशत, गण्डकी प्रदेश ९८.७७ प्रतिशत, लुम्बिनी प्रदेशमा ९८.०ं७ प्रतिशत, कर्णाली प्रदेश ९८.०४ प्रतिशत र बागमती प्रदेशमा ९३.५६ प्रतिशत रोपाई भएको जनाएको छ।
त्यस्तै कोशी प्रदेशमा ८०.३९ प्रतिशत र मधेस प्रदेशमा ७६.५४ प्रतिशत रोपाइँ भएको मन्त्रालयले उल्लेख गरेको छ।
गत वर्षको तुलनामा झन्डै ७.१९ प्रतिशतले रोपाइँमा कमी आएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ।
Post Views: 3