युद्धका कारण गाजा क्षेत्रमा अत्यावश्यक सामग्रीको चरम अभाव

साउन २४ काठमाडौं ।
युद्धका कारण गाजा क्षेत्रमा अत्यावश्यक सामग्रीको चरम अभाव भएको छ।

गाजावासीहरुका लागि अत्यावश्यक खानेकुरा, पानी र औषधी लगाएतका सामग्रीहरुको चरम अवाभ भएको जनाएको छ।

संयुक्त राष्ट्रसंघको अनुसार जारी युद्धले घरबारविहीनता र अत्यधिक गर्मीका बीच सर्वसाधारणलाई दैनिक आवश्यक वस्तुहरूको खोजी नै असम्भव जस्तै बन्दै गएको जनाएको छ।

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसका प्रवक्ता स्टेफनी ट्रेम्ब्लेले जारी गरेको विज्ञप्तिमा गाजा सहरमा नियन्त्रण लिने इजरायली निर्णयप्रति महासचिव गम्भीर चिन्तित भएको जनाइएको छ।

संयुक्त राष्ट्रसंघीय मानवीय मामिला समन्वय कार्यालय (ओसीएचए) ले दिएको जानकारी अनुसार गाजावासीहरू अत्यन्त कठिन परिस्थितिबाट गुज्रिरहेको बताएका छन्।

 

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *