साउन ९ काठमाडौं ।
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आज दिउँसो ३ बजे पत्रकार सम्मेलन गर्ने भएको छिन्।
भण्डारीले बबरमहलस्थित कार्की बैंक्वेटमा दिउँसो ३ बजे पत्रकार सम्मेलन आयोजना गर्न भएकी हुन्।
नेकपा एमालेले साउन ५ र ६ गते बसेको केन्द्रीय कमिटी बैठक बाट भण्डारीलाई सक्रिय राजनीतिमा आउन रोक लगाउने निर्णय गरेको थियो।
विद्यादेवी भण्डारीले राजनीति गर्न पाउने संवैधानि हक भएको भन्दै एमालेले गरेको निर्णयको प्रतिवाद गर्ने तयारी रहेको जनाएको छ।
विद्या निकट एक नेताका अनुसार एमालेले पार्टी राजनीतिमा आउन रोक लगाउँदै पार्टी सदस्यता समेत खारेज गरिदिएको विषयमा भण्डारीले पत्रकार सम्मेलनमा धारणा सार्वजनिक गर्ने भएकि छन्।
Post Views: 13