साउन ६ काठमाडौं ।
यस वर्ष देशभर करिब ७२ प्रतिशत मात्र धान रोपाइँ सम्पन्न भएको छ। २०८०, ८१ मा ५७ लाख २४ हजार २३४ मेट्रिकटन धान उत्पादन भएकोमा यस वर्ष ६० लाख मेट्रिकटन धान उत्पादन हुने अनुमान गरेको छ।
कृषि तथा पशुपक्षी विकास मन्त्रालयको अनुसार देशभर करिब १० लाख हेक्टर क्षेत्रफल जमिनमा रोपाइँ सम्पन्न भएको जनाएको छ । देशभर करिब १४ लाख हेक्टर जमिनमा रोपाइँ हुने मन्त्रालयले जानकारी दिएको छ।
सुदूरपश्चिम प्रदेशमा सबैभन्दा बढी ९७ प्रतिशत रोपाइँ भएको छ भने कर्णाली र लुम्बिनी प्रदेशमा ८८ प्रतिशत मात्र रोपाइँ भएको र मौसमको प्रतिकूलताले असर देखा नपरे साउनको अन्तिम सातासम्म ९८ प्रतिशत रोपाइँ हुने अनुमान गरेको कृषि तथा पशुपक्षी विकास मन्त्रालयले जनाएको छ।
Post Views: 4