नेपाल–कोरिया सरकारबिच अनुदान सम्झौता

साउन २ काठमाडौँ ।
नेपाल र कोरिया सरकारबिच अनुदान सम्झौता भएको छ। बर्दिया जिलामा समावेशी ग्रामीण विकास परियोजनाका लागि ८० लाख अमेरिकी डलर अर्थात १ अर्ब ९ करोड रुपैयाँ बराबरको अनुदान सम्झौतामा हस्ताक्षर गरेको हो।

परियोजनाले बर्दियाका ग्रामीण समुदायहरूमा कृषि उत्पादकत्वमा वृद्धि, कृषि मूल्य शृङ्खलाको स्तरोन्नति, प्रभावकारी बजार पहुँचको विकास, र पारिस्थितिक पर्यटनको विस्तारजस्ता कार्यमार्फत समुदायको समग्र क्षमता अभिवृद्धि गर्ने उल्लेख गरेको छ।

परियोजना कार्यान्वयन गर्ने निकायमा कोरिया सरकारको तर्फबाट कोरियन अन्तर्राष्ट्रिय सहयोग संस्था, नेपाल सरकारको तर्फबाट सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र बर्दिया जिल्लाका आठ वटा स्थानीय तह सहभागी हुने जनाएको छ।

आज सिंहदरबारमा आयोजित समारोहमा नेपाल सरकारका तर्फबाट अर्थ सचिव घनश्याम उपाध्याय र कोरिया सरकारका तर्फबाट नेपालस्थित राजदूत महामहिम पार्क ताई–यङले सम्झौतामा हस्ताक्षर गरेका छन्। भने उक्त परियोजना कार्यान्वयनको अवधि सन् २०२९ डिसेम्बरसम्म तोकिएको छ।

 

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *