साउन २ काठमाडौं ।
दक्षिण कोरियाको दक्षिण चुङचेओङ प्रान्तमा सबैभन्दा बढी वर्षा भएको जनाएको छ। दक्षिण कोरियाको मौसम एजेन्सी अनुसार १२० वर्षपछिकै सबैभन्दा बढी वर्षा भएको उल्लेख गरेको छ।
सामान्यतया जुलाईमा मनसुनी वर्षा हुने देशको दक्षिण चुङचेओङ प्रान्तका तीन क्षेत्रले यस साता रेकर्ड गरिएको सबैभन्दा भारी वर्षा अनुभव गरेको आधिकारिक मौसम तथ्यांकले देखाएको छ।
‘पश्चिमी सिओसन क्षेत्रमा ११४.९ मिलिमिटर (४.५ इन्च) प्रतिघण्टाको उच्च वर्षा भएको र सन् १९०४ पछि सबैभन्दा उच्च दर रहेको जनाएको छ। काउन्टीका धेरै विद्यालय र नर्सरीहरू वर्षाको कारण बन्द गरिएका थिए।
वैज्ञानिकका अनुसार जलवायु परिवर्तनले विश्वभरका मौसमी घटनालाई चरम र बारम्बार बनाएको बताएका छन्।
Post Views: 8