असार १४ काठमाडौं ।
आज प्रतिनिधि सभा बैठक बस्दै छ। बिहान ११ः०० बजे संघीय संसद प्रतिनिधि सभाको बैठक बस्न लागेको हो।
उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रस्तुत गर्ने ‘आर्थिक विधेयक, २०८२’,‘ राष्ट्र ऋण उठाउने विधेयक, २०८२’ लाई पारित गर्ने कार्यसूची रहेको छ।
‘नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८२’ समेत पातिर गर्ने सम्भावित कार्यसूची तय भएको संघीय संसद सचिवालयले जानकारी दिएको छ। आजको प्रतिधिको सभा बैठमा बजेटसँग सम्बन्धित विधेयकहरुलाई पारित गर्ने सम्भावित कार्यसूची रहेको छ।
आज प्रतिनिधिसभा बैठक प्रधानमन्त्री केपी शर्मा ओलीले स्पेन भ्रमणका बारेमा सदनलाई जानकारी गराउने कार्यक्रम रहेको छ।
Post Views: 42