असार १० काठमाडौं ।
प्रतिनिधि सभाबाट आर्थिक वर्ष २०८२,८३ को विनियोज बजेट बहुमतले पारित भएको छ।
सरकालरले ल्याएको आर्थिक वर्ष २०८२,०८३ को लागि १९ खर्ब ६४ अर्ब रुपैयाँ जसमा चालु खर्चतर्फ ११ खर्ब ८० अर्ब, पुँजीगत खर्चतर्फ ४ खर्ब ७ अर्ब र वित्तीय व्यवस्थापन खर्च तर्फ ३ खर्ब ७५ अर्बको बजेट प्रतिनिधि सभाबाट आज पारित भएको हो।
राजस्व बाँडफाँट बाहेक १३ खर्ब १० अर्ब रूपैयाँको राजस्वको आधार देखाएर १९ खर्ब ६४ अर्बको बजेट अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रस्तुत गरेका हुन्। अर्थमन्त्री विष्णु पौडेलले विधेयक पारित गर्न राखेको प्रस्ताव प्रतिनिधि सभा बाट बहुमतले पारित भएको छ।
Post Views: 51