ईपीएलमा ब्याटिङ नै नगरि पाकिस्तानी क्रिकेट स्टार अफ्रिदी स्वदेश फर्कदै

काठमाडौं । पाकिस्तानीका चर्चित क्रिकेट स्टार शाहिद अफ्रिदी आज पाकिस्तान फर्कदै छन् । एभरेष्ट प्रिमियर लिग (ईपीएल) को चौंथो संस्करणमा सुरुआती दुई खेलमात्रै खेल्नेगरी अफ्रिदी नेपाल आएका थिए ।

उनले आफ्नो फाउन्डेसनको व्यस्तताका कारण पाकिस्तान फर्कन लागेका बताएका छन् । उनी फर्कन लागेसंगै  ईपीएलमा उनले गरेको ब्याटिङ हेर्ने मौका दर्शकहरुले गुमाएका छन् । उनले किङ्स ११ काठमाडौंबाट गत शनिबार पहिलो म्याच खेलेका थिए ।

सन्दीप लामिछानेको कप्तानीमा भएको सो खेलमा काठमाडौले साविक विजेता ललितपुर प्याट्रिओट्समाथि ७ विकेटको शानदार जित समेत निकाल्न सफल भयो ।

तर आज हुने भनिएको विराटनगर वारियर्सविरुद्धको काठमाडौंको दोस्रो खेल मैदान चिसो भएका कारण स्थगित गरियो । ईपीएलको चौंथो संस्करणमा अफ्रिदीको आज अन्तिम खेल रहेको थियो ।

 

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *