भदौ १९ काठमाडौं ।
रास्वपा चन्द्रागिरीका क्षेत्रीय र नगर सभापतिले बाढी पीडितका नाममा आर्थिक अनियमितता गरेका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी चन्द्रागिरीका क्षेत्रीय सभापति रामराजा थापा र नगर सभापति जनार्दन केसी लगायतले बाढी पीडितको नाममा आफ्नो व्यक्तिगत खातामा आर्थिक सङ्कलन गरेका हुन् ।
गत भदौ १० गते भोटेकोशीमा गएको बाढीका कारण बिपतमा परेका नागरिकको उद्धार र राहतको काम सरकारले एकद्धार प्रणली लागु गरेको भएता पनि रास्वपा चन्द्रागिरीका क्षेत्रीय सभापति र नगर सभापतिले आफ्नो व्यक्तिगत बैंक खाता प्रयोग गरी आर्थिक सङ्कलन गरेका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी चन्द्रागिरीका क्षेत्रीय सभापति रामराजा थापा नगर सभापति जनार्दन केसी लगायतका नगर टिमले बाढी पीडितका नाममा आर्थिक सङ्कलन आफ्नो व्यक्तिगत बैंक खातामा पैसा उठाइरहेको स्थानीय संजय अधिकारीले बताएका छन् ।
स्रोतः संजय अधिकारी
7
