प्रधानमन्त्री निवास बालुवाटारमा चिनियाँ जनकांग्रेसका उपाध्यक्षको टोलीले गर्याे प्रधानमन्त्री भेट

जेठ १ काठमाडौं ।
प्रधानमन्त्री निवास बालुवाटारमा निनियाँ जनकांग्रेसको उपाध्यक्षको टोलीले प्रधानमन्त्री केपी शर्मा ओली सँग भेट गरेको छ।

आज नेपालको भ्रमणमा रहेको रहेका चिनियाँ जनाकांग्रेसको स्थानी समितिका उपाध्यक्ष सिआओ ची नेतृत्वको प्रतिनिधिमण्डलले प्रधानमन्त्रीसँग भेट गरेका हुन्। प्रधानमन्त्री ओलीसँगको भेटमा चीनको प्रतिनिधिमण्डललेसगरमाथा संवादको सफलताको कामना गरेको छन्।

प्रधानमन्त्री ओलीले नेपाल र चीनबीचको मित्रवत सम्बन्धलाई अझ बलियो बनाउन र दुई देशबीच भएका सम्झौताहरु कार्यान्वयन गर्न जोड दिएका छन्।

प्रधानमन्त्री ओलीले नेपाल र चीनबीच लामो समयदेखि मित्रवत, समस्यारहित घनिष्ट एवं हार्दिक सम्बन्ध रहिआएको उल्लेख गर्दै विकास, प्रविधिका क्षेत्रमा चीनले तीव्र रूपमा गरेको प्रगति र त्यसको विश्वभर परेको प्रभावको प्रसंशा गरेका छन्।

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *