वैशाख ३१ काठमाडौं ।
आज संघीय संसद दुवै सदनको बैठक बस्दै छ। प्रतिनिधि सभाको बैठक बिहान ११ बजे र राष्ट्रिय सभाको बैठक दिउँसो सवा एक बजे बस्ने कार्यसूचि रहेको छ।
प्रतिनिधि सभा बैठकमा भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक २०८२ लाई प्रस्तुत गर्न कार्यसूची छ। प्रतिनिधि सभामा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता (कर प्रस्ताव बाहेक) माथी छलफल जारी रहने छ।
त्यस्तै भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण बलराम अधिकारीले भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक २०८२ प्रस्तुत गर्ने कार्यसूची छ।
राष्ट्रिय सभा बैठकमा पनि आगामी आर्थिक वर्ष २०८२,८३ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका सम्बन्धमा (कर प्रस्ताव वाहेक) सभामा छलफल हुने संसद सचिवालयले जानकारी दिएको छ।
Post Views: 4