वैशाख ३० काठमाडौं ।
आज संघीय संसदको दुवै सदनको बैठक बस्दै छ। प्रतिनिधिसभाको बैठक आज ११ बजे बस्ने छ। भने राष्ट्रियसभाको बैठक अपराह्न १ः१५ मा बस्ने छ।
बैठकमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका सम्बन्धमा छलफल हुने सम्भावित कार्यसूची तय भएको छ।
संघीय संसद सचिवालयका महासचिव पद्यमप्रसाद पाण्डेयका अनुसार दुवै सदनको बैठकमा ‘आगामी आर्थिक वर्ष २०८२, ८३ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका सम्बन्धमा (कर प्रस्ताव बाहेक) सभामा छलफल प्रारम्भ हुने सम्भावित कार्यसूची छ।
Post Views: 33