प्रधानमन्त्रीको उपस्थितिमा विदुषी योगमाया आयुर्वेद विश्वविद्यालयका पदाधिकारीको शपथ

वैशाख २७ काठमाडौं ।

आज प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा विदुषी योगमाया हिमालयन आयुर्वेद विश्वविद्यालयका पदाधिकारीहरले शपथ लिएका छन्।

नवनियुक्त पदाधिकारीहरूको पद तथा गोपनीयताको शपथ प्रधानमन्त्री निवास, बालुवाटारमा आयोजित कार्यक्रममा भएको हो।

विश्वविद्यालयका अध्यक्ष डा.अर्जुन कार्की, कुलपति प्रा.डा.रमेशकुमार ढुंगेल र रजिष्ट्रार डा. डम्बरध्वज चेम्जोङले शपथ लिएका हुन्।

नयाँ कानुनी व्यवस्थानुुसार शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले अध्यक्ष कार्कीलाई, अध्यक्ष कार्कीले कुलपति ढुंगेललाई र कुलपति ढुंगेलले रजिष्ट्रार चेम्जोङलाई शपथ दिलाएका हुन्।

 

 

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *