पाकिस्तान र भारतमा तनाव बढ्दै गर्दा नेपालको सीमा क्षेत्रमा कडाइ

वैशाख २४ काठमाडौं ।
पाकिस्तान र भारतमा तनाव बढ्दै गर्दा नेपालको सीमा क्षेत्रमा कडाइ गरिएको छ। सीमा क्षेत्रमा सशस्त्र प्रहरी बल नेपालले उच्च सतर्कता अपनाएको हो।

एक बिओपीबाट अर्को बिओपीसम्म २४ घण्टा सीमा इलाकामा रहने गरी पट्रोलिङ गरिएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिएका छन्।

सीमा क्षेत्रबाट हुनसक्ने अवैध घुसपैठलाई रोक्नको लागि सशस्त्र प्रहरी बलले नेपालले भारतीय समकक्षी सशस्त्र सीमा बल (एसएसबी)सँगको सहकार्य र समन्वयमा सीमानामा संयुक्त रुपमा गस्ती पट्रोल र खबर आदान–प्रदानलाई तीव्रता दिएको सशस्त्र प्रहरीले जनाएको छ।

सीमा क्षेत्रलाई व्यवस्थित गर्न र हुनसक्ने अवैध घुसपैठलाई रोक्न नेपाल प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग, स्थानीय जनप्रतिनिधि तथा सर्वसाधारणसँग समन्वय गरी सूचना आदान–प्रदान गरिएको छ।

त्यस्तै सीमामा आवतजावत गर्ने गरी वारपार गर्नेलाई निगरानी गर्ने कार्यसमेत कडाइ गरिएको जनाएको छ।

 

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *