वैशाख २१ काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओली र नेपालका लागि जापानी राजदूत माइदा तोइदा तोरुले शिष्टाचार भेट गरेका छन्।
प्रधानमन्त्री निवास, बालुवाटारमा भएको भेटमा नेपाल र जापानको दुईपक्षीय सम्बन्ध हितका विविध विषयका साथै आपसी सहयोग आदानप्रदानलाई अभिवृद्धि गर्ने सम्बन्धमा छलफल भएको जनाएको छ।
आगामी वर्ष दुुई देशबीचको कूटनीतिक सम्बन्धको ७० औँ वर्षगाँठ मनाइने सन्दर्भमा पनि कुराकारी भएको जनाएको छ।
Post Views: 12