कपिलवस्तुमा तेल उद्योग सञ्चालन

भदौ ९ काठमाडौं ।

कपिलवस्तुमा तेल उद्योग सञ्चालन गरिएको छ ।

मायादेवी गाउँपालिका–५, सिहोरहवामा करिब रु १२ करोडको लागतमा ‘भारद्वाज तेल उद्योग’ सञ्चालन गरिएको हो ।

स्थानीयस्तरमा रोजगारी सिर्जना गर्ने उद्देश्यले स्थापना गरिएको उक्त उद्योगमा राइस ब्रान नामको खाने तेल उत्पादन सुरु गरिएको प्रबन्धक ओमशङ्कर उपाध्यायले बताएका छन् ।

प्रबन्धक ओमशङ्कर उपाध्यायको अनुसार ८० जनालाई रोजगारी दिइएको बताउँदै उद्योगले वार्षिक ४ हजार ५०० मेट्रिक टन तेल उत्पादन गर्ने लक्ष्य लिएको बताएका छन् ।

राइस ब्रान तेल मानव स्वास्थ्यका लागि उपयोगी खाने तेलमध्ये एक रहेको र उद्योगबाट उत्पादित तेलमा भिटामिन ‘ए’ र ‘डी’ फोर्टिफाइड गरिएको जनाइएको छ ।

उद्योगले हाल प्रतिलिटर रु ३६५ मा तेल बिक्री गर्नुका साथै मानव शरीरका लागि उपयोगी र गुणस्तरीय तेल उत्पादन गर्ने उद्देश्य रहेको बताएका छन् ।

मायादेवी गाउँपालिकाका अध्यक्ष वलीउद्दिन मुसलमानले उद्योग स्थापना बाट स्थानीयले रोजगारी पाएको बताएको छन् ।

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *