पोर्चुगल र स्पेन विद्युत् आपूर्ति बन्द

वैशाख १६ काठमाडौं ।
पोर्चुगल र स्पेनमा विद्युत् आपूर्ति बन्द भएको छ। विद्युत् आपूर्ति बन्द हुदा स्थानीय बजार अन्धकार बनेको छ।

विद्युत आपूर्ति बन्द हुनुको कारण भने खुलेको छैन। स्पेन र पोर्चुगलमा विद्युत् आपूर्ति बन्द हुँदा आपतकाल घोषणा गरिएको छ। करिब ६ करोड जनसंख्या भएका दुबै देशले आपतकालीन बैठक राखेर प्रतिकार्य योजना बनाउन थालेका छन्।

सीएनएनको अनुसार विद्युत आपूर्ति बन्द हुँदा ट्राफिक लाइट, रेल सेवा र विमानस्थलहरु बन्द छन्। यसका कारण दुवै देश आपतकालीन अवस्था घोषणा गरेको बताएका छन्।

केही घण्टापछि, स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले विद्युत् आपूर्ति बन्द हुनुको कारण नखुलेको र समस्या समाधानको पहल भइरहेको जनाएको छ।

 

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *