चैत ३१ काठमाडौं ।
भक्तपुरमा जिब्रो छेड्ने जात्राको पूर्वतयारी गरिएको छ। आज भक्तपुरको पोटरीस्क्वायरस्थित कुमाले टोलमा हात नभएको लिंगो उठाइएको हो।
प्रत्येक वर्ष भक्तपुरमा आठ रात नौ दिनसम्म चल्ने बिस्केट जात्रा चैत मसान्तका दिन स्थानीय भक्तपुरको कुमाले टोलमा बिहानै उठाइने हात नभएको लिंगो आज विधिपूर्वक पूजा गरी उठाइएको छ।
कुमाले टोलमा बिहान लिंगो उठाएपछि दिउँसो भैरव र भद्रकालीको पूजा गरी रथलाई साँझ भेलुखेलमा हातसहितको नाग–नागिनीको प्रतीक रहेको तान्त्रिक विधिद्वारा तयार पारिएको इन्द्रध्वजासहितको ५५ हात लामो लिंगो उठाउने गरिन्छ।
बिस्केट जात्राको अवसरमा हरेक वर्ष चैत मसान्तको दिन उठाइएको हात नभएको लिंगो जात्राको अन्तिम दिन वैशाख ५ गते बिहान ढाल्ने गरिन्छ। यो लिंगो भने वैशाख १ गते दिनभर जात्रा गरेर साँझ विधिपूर्वक ढाल्ने गरिन्छ।
आज नै कुमारीको रथ लहीटोलमा पु¥याइन्छ भने राति करिब ९ बजे नीलबाराही जंगलबाट ल्याएको दाउरा बालेर पूजा गरेपछि २८ वर्षीय सुजनवांग श्रेष्ठले व्रत प्रारम्भ गरी वैशाख २ गते जिब्रो छेड्नेछन्।
आज व्रत सुरु भएपछि जिब्रो छेड्ने व्यक्तिले केही खान नहुने, महिलासँग बोल्न तथा छुन नहुने, कुकुर, कुखुरा, बिरालो लगायतका पशुपक्षीलाई छुन नहुने चलन छ।