मस्र्याङ्दी जलविद्युत् केन्द्रबाट हाल ३० मेगावाट मात्रै विद्युत उत्पादन

चैत ३० काठमाडौं ।
मस्र्याङ्दी जलविद्युत् केन्द्रबाट अहिले ३० मेगावाट मात्रै विद्य्त उत्पादन भएको छ।

तनहुँको आँबुखैरेनी गाउँपालिका–४ स्थित मस्र्याङ्दी जलविद्युत् केन्द्रबाट ३९ मेगावाट क्षमताको केन्द्रबाट ३० मेगावाट अर्थात् ४० प्रतिशत मात्रै विद्युत् उत्पादन भएको हो।

लामो खडेरीले गर्दा हाल ४० मेगावाट विद्युत् उत्पादन हुनुपर्नेमा ३१ मेगावाट मात्रै विद्युत् उत्पादन भएको जनाएको छ। केन्द्रमा २३र२३ मेगावाटका तीनवटा टर्बाइन रहेका छन्।

सन् १९८९ मा निर्माण सम्पन्न भई सो केन्द्रबाट उत्पादित विद्युत् चितवनको भरतपुर र काठमाडौँको स्युचाटार स्टेशनमार्फत राष्ट्रिय प्रसारण लाइनमा जोडी वितरण हुँदै आएको छ।

लामो समयदेखि सुख्यायाम हुँदा नदीमा मिसिने खोला, झरना, खोल्सीको पानी घटेको तथा कतिपय सुकेकाले नदीमा पानीको बहाव कमी भएसँगै उत्पादन ह्वात्तै घटेको केन्द्रका प्रमुख इञ्जीनीयर पशुपति गौतमले बताएका छन्।

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *