चैत २९ काठमाडौं ।
जापानी राजदूत मेएडा टोरु द्धारा केएनपी कारखानाको अवलोकन गरेका छन्। नेपालका लागि जापानका राजदूत टोरूले वीरगञ्ज महानगरपालिका भ्रमणका क्रममा केएनपी जापान प्रा. लि. को कारखानाको अवलोकन गरेका हुन्।
राजदूतले जापान, भारत र नेपालबीचको संयुक्त साझेदारीमा सञ्चालन रहेको बहुराष्ट्रिय संयुक्त लगानीका उद्योगको कार्यप्रणाली तथा गुणस्तर प्रति प्रसन्नता व्यक्त गरेका छन्।
अवलोकनका क्रममा सहयोगात्मक प्रयासले दुई देशबीचको सम्बन्धलाई थप मजबुत बनाउने विश्वास व्यक्त गरेका छन्।
हाल नेपालमा सञ्चालनमा रहेका जापानी उद्योगहरूको अनुभवका आधारमा थप लगानीको संभावना बढ्ने समेत बताएका छन्।
राजदूत मेएडा टोरु केएनपी जापान प्रा. लि. का निर्देशक अशोक कुमार बैद्य र कारखानाका प्रबन्धक प्रवीण जाधव लगायत कारखानाका कर्मचारीहरूले स्वागत गर्नुका साथै सम्पूर्ण कारखाना अवलोकन गराएक थिए।