चैत २६ काठमाडौं ।
आज सेयर बजार नेप्से परिसूचक २६६६ अंक कायम भएको छ। दुई सातादेखि बजारमा कम्पनीको अन्तिम १५ मिनेटको भारित औसत मूल्यका आधारमा सूचकहरू गणना हुँदै आएका छन्।
भारित औसत मूल्यका आधारमा गणना हुँदा अघिल्लो दिनको तुलनामा बजार ३.४४ अंक घट्न पुग्यो। आज ५ अर्ब ३० करोडको कारोबार भएको छ। १२१ कम्पनीको मूल्य बढ्दा १२३ को घट्यो।
उत्पादन तथा प्रशोधन समूह सबैभन्दा धेरै १.५७ प्रतिशत, फाइनान्स ०.६०, निर्जीवन बीमा ०.१३ र व्यापार समूह ०.७० प्रतिशत बढ्यो। आजदेखि कारोबारमा आएको नेपाल माइक्रो इन्स्योरेन्स, बोटलर्स नेपाल बालाजु र विन नेपाल लघुवित्तको मूल्य १० प्रतिशत बढ्यो।
बैंकिङ ०.३०, विकास बैंक ०.१६, होटल तथा पर्यटन ०.४८, हाइड्रोपावर ०.४९, लगानी ०.२५, जीवन बीमा ०.१७, माइक्रोफाइनान्स ०.०८ र अन्य ०.५७ प्रतिशत, बाराही हाइड्रोपावरको ५.८५, सामुदायिक लघुवित्तका ४.६२ प्रतिशत मूल्य घट्यो।