थाइल्याण्डमा (बिम्स्टेक) छैटौं शिखर सम्मेलन सुरु

चैत २२ काठमाडौं ।
थाइल्याण्डमा (बिम्स्टेक) छैटौं शिखर सम्मेलन सुरु भएको छ। बैंककस्थित सांग्रिलामा सदस्य मुलुकका सरकार प्रमुखहरुको सामूहिक फोटोसेसन र कार्यसूची टेबल गरिएसँगै बिम्स्टेक सम्मेलन सुरु भएको हो।

बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिम्स्टेक) को शिखर सम्मेलन सुरु भएको छ। सम्मेलनमा आज प्रधानमन्त्री केपी शर्मा ओली सहित सदस्य मुलुकका सरकार प्रमुहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ।

सदस्य मुलुकका प्रतिनिधिमण्डलका नेताहरुलाई आयोजक राष्ट्र थाइल्याण्डका प्रधानमन्त्री पे थोङ् थान् शिनावात्राले स्वागत गरेका थिए।

शिखर सम्मेलनमा ‘बिम्स्टेक म्यारिटाइम ट्रान्सपोर्ट कोअपरेसन’मा हस्ताक्षर पछि सदस्य मुलुकहरु थाइल्याण्ड, बङ्गलादेश, भूटान, भारत, म्यान्मार, नेपाल र श्रीलङ्काका प्रधानमन्त्री (प्रतिनिधिमण्डलका नेता)हरुले सम्बोधन गर्ने छन्।

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *