चैत १५ काठमाडौं ।
काठमाडौं जिल्ला प्रशासनले कफ्र्यु आदेशको समय थप गरेको छ।
बराजावादीहरुको प्रदर्शन उग्र बनेपछि आज राति १० बजेसम्मका लागि प्रशासनले काठमाडौंको तीनकुनेसहितको क्षेत्र तोकेर कफ्र्यु आदेश जारी गरेको थियो।
काठमाडौं प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीका अनुसार भोलि (शनिबार) बिहान ७ बजेसम्मका लागि कफ्र्युको समय थप गरिएको जनाएको हो।
जिल्ला प्रशासन कार्यालय काठमाडौंले शान्तिनगर पुलदेखि मनोहरा खोला पुलसम्मका पाँच स्थान तोकेर जारी भएको कफ्र्यु आदेश भोलि बिहान ७ बजेसम्मका लागि थप भएको हो।
कफ्र्यु नै जारी भइसकेपछि पनि प्रदर्शनकारीहरूले काठमाडौंका विभिन्न ठाउँमा तोडफोड र आगजनी गरेका छन्।
Post Views: 24