आज प्रतिनिधि सभाको बैठक बस्दै

फागुन २१ काठमाडौं ।
आज प्रतिनिधि सभाको बैठक बस्ने भएको छ। बैठकमा भूमिसम्बन्धी अध्यादेश बाहेक पाँच अध्यादेश स्वीकृतिका लागि पेस हुने भएको कार्यसूचि रहेको छ।

आज निजीकरण ऐन २०५० लाई संशोधन गर्न बनेको अध्यादेश, आर्थिक कार्यविधी तथा वित्तीय उत्तरदायित्व ऐन २०७६ लाई संशोधन गर्न बनेको अध्यादेश, आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश छ।

सुशासन प्रवद्र्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश र सहकारी सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेशलाई संसदको बैठकमा निर्णयार्थ प्रस्तुत हुने संसद् सचिवालयले जनाएको छ।

आज अध्यादेशहरू पेश हुने भएकाले संसद बैठकमा अनिवार्य उपस्थित हुन नेपाली कांग्रेस र नेकपा (एमाले)ले ह्विप जारी गरेको छ।

 

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *