मुस्ताङको वारागुङ मुक्तिक्षेत्र बाट हिउँचितुवाको उद्धार

फागुन १३ काठमाडौं ।
मुस्ताङको वारागुङ मुक्तिक्षेत्र बाट हिउँचितुवाको उद्धार गरि प्राकृतिक वासस्थानमा छाडिएको छ।

स्थानीयवासीले दिएको सूचनापछि खोरमा पसेको चितुवालाई इलाका प्रहरी कार्यालय छुसाङबाट खटिएको प्रहरी, नेपाली सेना, एक्यापका कर्मचारी र स्थानीयवासीको टोलीले नियन्त्रणमा लिएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) लोमान्थाङका प्रमुख उमेश पौडेलले जनाएका छन्।

पछिल्लो समय आहाराको खोजीमा हिउँचितुवा मानवबस्तीमा पस्न थालेका हो। मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका –३ समरका नवीनकुमार गुरुङलको च्याङ्ग्रा खोरमा पसेको हिउँचितुवालाई नियन्त्रणमा लिएर प्राकृतिक वासस्थानमा छाडिएको हो।

पछिल्लो समय मुस्ताङमा हिउँचितुवाले गाउँभित्र पसेर घोडा, खच्चड, भेडा, च्याङ्ग्रा र चौँरीको गोठमा क्षति पु¥याउन थालेको छ।

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *